ओमिक्रोन पुष्टि भएपछि सरकारले कन्ट्याक्ट ट्रेसिङ’ थप प्रभावकारी बनाउँदै

    • स्वास्थ्य पेज

  • २० मंसिर २०७८, सोमबार

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्ट देखिएसँगै ‘सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंग’ को कार्यलाई थप प्रभावकारी बनाइएको बताएको छ।

नेपालमा ओमिक्रोन भेरियन्ट भेटिएको बारे जानकारी दिन आज सोमवार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले निगरानी तथा कन्ट्याक्ट ट्रेसिङलाई थप प्रभावकारी बनाइएको बताएको हो।

नेपालमा ओमिक्रोन पुष्टि भएसँगै निगरानीका लागि ‘सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंग’ को कार्यलाई थप प्रभावकारी बनाइएको छ।

आम नागरिकलाई ओमिक्रोनसँगसम्बन्धी वैज्ञानिक तथ्य प्रेषण गर्न विश्वमा भएका यससम्बन्धी अध्ययन अनुसन्धानका आधारमा प्राप्त सही सूचनाहरु आधिकारिक माध्यमबाट प्रवाह गर्ने गरिएको छ।’, मन्त्रालयका सहप्रवक्ता डासमिरकुमार अधिकारीले भन्नुभयो ।

उहाँले कोभिड १९ का अरु भेरियन्ट जस्तै यसको संक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना गर्न र खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले उक्त अभियानमा सहभागी बन्न सबैलाई आग्रह गर्नुभयो ।

  • २० मंसिर २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech