मृगौला विफल भनेको के हो ?

    • डा.अर्चन शम्शेर राणा

  • १५ मंसिर २०७८, बुधबार

स्वस्थ्य मृगौला स्वस्थ्य जिवन

मृगौला विफल

१. मृगौला विफल अर्थात किड्नी फेल्योर हुनु भनेको हाम्रा दुबै वटा मृगौलाले काम गर्न छोड्नु हो।

२. रगतमा क्रिएटिनिन परीक्षण गरेर मृगौलाले काम गर्न छोड्यो भन्ने कुराको निदान हुदाँ मृगौलाको कार्यक्षमता ५० प्रतिक्षतले नष्ट भइसकेको हुन्छ।

३. मृगौलाले अचानक काम गर्न छोड्ने समस्या एक्कासी शुरू हुन्छ र मृगौलाको कार्यक्षमतामा अस्थायी रूपमा कमी ऑउछ।

४. मृगौलाले अचानक काम गर्न छोड्ने रोगका लक्षणहरू मृगौलाको समस्या र मृगौला विग्रिनुको कारण दुबैमा भर पर्छन्।

५.अचानक मृगौलाले काम गर्न छोड्ने समस्यामा सही उपचार भएमा प्रायः मृगौला पूर्णतया ठीक हुन्छ।

६. मृगौलाले अचानक काम गर्न छोड्ने समस्या भएका विरामीलाई समयमै र उचित उपचार भयो भने डायलाइसिस बिना नै मृगौलाले काम गर्न सक्छ।

७. अचानक मृगौलाले काम गर्न छोडेको रोगमा डायलाइसिसको आवश्यकता केहि समयका लागि मात्र हुन्छ, तर समयमै डायलाइसिस नगराएमा ज्यानै जोखिम पर्न सक्छ।

८. मृगौला दीर्घरोग भनेको मृगौलाको कार्यक्षमता क्रमशः, निरन्तर र स्थायी रूपमा कम हुँदै जानु हो।

९. मृगौला दीर्घरोगका दुईवटा सबैभन्दा प्रमुख कारण मधुमेह र उच्च रक्तचाप हुन्। तर नेपालमा ग्लोमेरुलोनेफ्रिटिस पिसाबबाट प्रोटीन जानु महत्वपूर्ण कारण हो।

१०. मृगौला दीर्घरोगको प्रारम्भिक चरणमा मानिसहरूमा कुनै पनि लक्षण देखिँदैन ।

११. कम उमेरमा उच्च रक्तचाप मृगौलाको दीर्घरोगको एक शुचक हुनसक्छ ।

१२. उपचार गर्दा पनि निको नहुने अल्परक्तताको समस्या मृगौलाको दीर्घरोगको एउटा महत्त्वपूर्ण कारण हो।

१३. कमजोरी, आरुचि, वाकवाकी हुने र सुन्निने समस्या मृगौलाको दीर्घरोगका लक्षण हुन्।

१४. तीनवटा सजिलो परीक्षणले तपाईको मृगौला जोगाउन सक्छ

.रक्तचाप

.पिसाबमा प्रोटीन

.र रगतमा क्रिएटिनिन र सुगर

१५. अल्र्टासाउन्ड भिंडियो एक्सरे गर्दा सानो र खुम्चिएको मृगौला देखिनु भनेको मृगौला दीर्घरोगको एउटा प्रमुख लक्षण हो।

१६. समयमै गरिने चिकित्सा व्यवस्थापनले मृगौलाको दीर्घरोगका बिरामीहरू लामो समयसम्म बाँच्न सक्छन्।

१७. मृगौलाको दीर्घरोग निको हुँदैन, तर समयमै उपचार भयो भने यसबाट मृगौला विग्रीने क्रमलाई रोक्न सहयोग पुग्छ।

१८. मृगौला रोगका प्रमुख कारणको पहिचान गरी त्यसको समयमै सही उपचार गरेमा मृगौलाको दीर्घरोग तर्फको निरन्तर वृद्धिलाई धेरै हदसम्म रोक्न सकिन्छ।

१९. मृगौलाको दीर्घरोगका विरामीलाई संक्रमण भएमा समयमै उपचार गर्नु अत्यन्त फाइदाजनक हुन्छ।

२०. मृगौलाको दीर्घरोगका विरामीले मुख बार्नाले यसबाट हुने रोगका जटिलता रोक्न मद्दत पुग्छ।

२१. मृगौलाको दीर्घरोगमा मृगौलाको ब्रिग्रिने गतिलाई कम गराउने सबैभन्दा महत्त्वपूर्ण उपचार भनेको रक्तचापको सटीक नियन्त्रण नै हो।

लेखक डा अर्चन शम्शेर राणा , काठमाडौं स्थित मार्क इन्टरनेशनल किड्नी सेन्टरका मृगौला रोग विशेषज्ञ हुन् ।

  • १५ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech