नेपालगन्जः बाँकेमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ५३ नमुना परीक्षण गर्दा थप २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा २२ नमुना परीक्षण गर्दा १ र मेडिकल कलेज कोहलपुरमा २३ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।
बागेश्वरी ल्यावमा ८ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ ।
पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये सबै जिल्ला बाहिरका हुन्। जिल्लामा कूल संक्रमितको संख्या १८ हजार ४ सय ६० छ ।
यस्तै थप १ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ९ पुगेको छ ।