विद्यालयमा नै विद्यार्थीलाई कोभिड खोप लगाउने व्यवस्था मिलाऔंः शिक्षामन्त्री पौडेल

    • स्वास्थ्य पेज

  • ७ मंसिर २०७८, मंगलवार

काठमाडौंः शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने विषय आफ्नो पहिलो प्रथामिकता भएको बताउनुभएको छ ।

मंगलबार शिक्षा मन्त्रालयमा पत्रकारहरुसँग अन्तक्रिया गर्दै मन्त्री पौडेलले विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो ।

विद्यार्थीहरुले कोरोना विरुद्धको खोप लगाउन लाइनमा बस्नुपर्ने अवस्था देखिएको भन्दै स्वास्थ्य मन्त्रालयसँग आज नै छलफल गरेको पनि मन्त्री पौडेलको भनाइ छ।

विद्यार्थीहरुले खोप केन्द्रमा लाइनमा बसेर खोप लगाउनुपर्ने बाध्यता हटाउन देशैभर एकैपटक एकसाताको अभियान नै सञ्चालन गरी विद्यालयमै खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको पनि मन्त्री पौडेलले जानकारी दिनुभयो ।

 

  • ७ मंसिर २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech