कोरोना वीमा भुक्तानी नदिने इन्स्योरेन्स कम्पनीलाई १५ दिने कारण देखाउ आदेश

    • स्वास्थ्य पेज

  • १६ कार्तिक २०७८, मंगलवार

नेपालगन्जः उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले कोरोना बीमा भुक्तानी नदिने इन्स्योरेन्स कम्पनीलाई १५ दिने कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायधीश ध्रुवराज चन्दको एकल इजलासले कोरोना बीमा भुक्तानी नगर्ने नेपालगन्जका २० वीमा इन्स्योरेन्स कम्पनीलाई मंगलवार कारण देखाउ आदेश जारी गरेको हो ।कोरोना वीमा गरेका कम्पनीहरुले विमितलाई वीमा भुक्तानी नगरेको भन्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा सोमवार रिट दायर भएको थियो ।

सार्वजनिक सरोकारको बिषय बनाउँदै बाँकेका अभिवक्ता तथा मानवअधिकारकर्मीहरुले रिट दायर गरेका हुन् ।

उक्त रिटको सुनुवाई गर्दै वीमा कम्पनीहरुलाई वीमा भुक्तानी नगर्नुको कारण खुलाउन आदेश दिइएको हो । वीमा कम्पनीहरु २०७८ साल असार मसान्तसम्म बीमा रकम भुक्तानी गर्ने अवधि तोकेका थिए ।

तर अहिलेसम्म पनि उनीहरुले वीमा रकम भुक्तानी गर्न नसकेपछि ती कम्पनीहरुलाई विपक्षी बनाएर रिट दायर गरिएको थियो ।

नेपाल बार एशोसिएसनका उपाध्यष सुनिलकुमार श्रेष्ठ, अधिवक्ता लोकबहादुर शाह, बसन्त गौतम, बलबहादु चन्द, विश्वजित तिवारी, अधिकारकर्मी भोला महतसमेतले दायर गरेको रिटमा वीमा कम्पनीहरुले सम्झौता गरेअनुसारको कोरोना वीमा भुक्तानी गर्न आलटाल गरेको उल्लेख गर्दै सम्झौता अनुसार रकम भुक्तानी गर्न माग गरिएको छ ।

  • १६ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech