कलिलो उमेरमै मृगौलाको जोखिम, जोगिन डा राणाले दिए यस्ता सुझाव

    • स्वास्थ्य पेज

  • १३ कार्तिक २०७८, शनिबार

नेपालगन्जः पछिल्लो समय कलिलै उमेरमा मानिसहरु मृगौला रोगबाट समस्याग्रस्त हुन थालेपछि समयमै स्वास्थ्य चेकजाँच गर्न विज्ञहरु सुझाव दिएका छन् । रोग लागेपछि अस्पताल पुग्नु भन्दा पनि रोग लाग्नै नदिने गरी आफ्नो स्वास्थ्यबारे सहजक र सतर्क हुन उनीहरुको सुझाव छ ।

नेपालगन्जस्थित एशोदा क्लिनिकले आज नेपालगन्जका पत्रकारहरुसँग आयोजना गरेको अन्तरक्रियामा बरिष्ठ मृगौला रोग विशेषज्ञ डा. अर्चन सम्शेर राणाले वर्षमा कम्तिमा एक पटक आफ्नो मृगौला चेकजाँच गराउन सुझाव दिनुभयो ।

उहाँले मृगौलामा हुने समस्या ९० प्रतिशतबढी क्षती भइसकेपछि मात्रै थाहा हुने भएकाले समस्या आउनु भन्दा पहिल्यै नियमित स्वास्थ्य चेकजाँच गर्न सुझाव दिनुभयो । ‘मानिस स्वस्थ नै देखिन्छ उहाँले मृगौलामा देखिने असर बारे स्पष्टसँग भन्नुभयो–‘९० प्रतिशत भन्दा बढी क्षती भइसकेपछि मात्रै मानिस अस्पताल पुग्छन् जस्का कारण बिरामी जोखिम तिर धकेलिन्छ ।’

नेपालमा मृगौला रोगका बिरामी धेरै बढिरहेको र विशेषगरी ३० वर्षभन्दा कम उमेरका ब्यक्तिमा यो समस्या बढ्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले त्यसका लागि कम्तिमा सुगर, पिसाव र प्रेसर नियमित जाँच गर्न सुझाव दिनुभयो ।

यति गरे मृगौलामा समस्या भएनभएको ९५ प्रतिशत थाहा हुने उहाँको भनाइ छ । स्वस्थ मृगौला स्वस्थ जीवनका अभियान्ता समेत रहनुभएका डा राणाले बाँकेसहितको पश्चिम तराईमा खासगरी गर्मी हुने ठाउँमा पथ्थरीको समस्याबाट मृगौलामा असरे परेका बिरामी धेरै देखिएको उल्लेख गर्नुभयो ।

उहाँले दैनिक शारिरीक अभ्यास, पर्याप्त पानीको सेवन गर्न सुझाव दिनुभयो । त्यसअवसरमा करिव डेढ दर्जन पत्रकारहरुकोसुगर, ब्लडको इन्फेक्सन, पिसावमा इन्फेक्सन, मृगौलामा असर भएनभएको निःशूल्क जाँच गरिएको फार्मेसी संचालक रोशन केसीले जानकारी दिनुभयो ।

  • १३ कार्तिक २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech