कोरोनाको कहरः भोलीदेखि कोहलपुर बन्द हुने

    • स्वास्थ्य पेज

  • ३१ श्रावण २०७७, शनिबार

नेपालगन्ज ३१, साउन ।
कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलिन थालेपछि बाँकेको कोहलपुर नगरपालिकाले आइतवारदेखि कार्यालय बन्द गर्ने भएको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको अध्यक्षतामा शनिवार बसेको बैठकले भोली आइतवार गतेदेखि लागु हुने गरी भदौ पाँच गतेसम्म नगरपालिकाको कार्यालयसँगै वडा कार्यालय बन्द गर्ने निर्णय गरेको हो । बैठकले सरकारी तथा गैर सरकारी कार्यालय र उद्योग व्यवसाय समेत बन्द गर्ने निर्णय गरेको छ ।

बैठकपछि जारी सूचनामा भनिएको छ–‘कोरोना भाइरसको जोखिम बढेकाले नगरपालिका क्षेत्रमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संघसंस्था, होटल, रेष्टुरेन्ट व्यापार, व्यवसाय, उद्योग कलकारखाना, तरकारी हाटबजारलगायतका सबै सेवा पूर्णरुपमा बन्द गरिएको छ ।’

बाँकेमा पछिल्लो समय दैनिकरुपमा कोरोना भाइरसका संक्रमिथ थपिरहेका छन् । स्थानीय प्रशासनले निषेधाज्ञा हटेपनि भाइरसको जोखिम कायमै रहेकाले सजगता अपनाउन अपिल गर्दै आएको छ ।

  • ३१ श्रावण २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech