वार्षिकउत्सवमा सांग्रीलाद्धारा निःशूल्क स्वास्थ्य शिविर

    • स्वास्थ्य पेज

  • ६ कार्तिक २०७८, शनिबार

नेपालगन्जः सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । स्थापनाको १७ वर्ष पूरा गरी १८ वर्ष प्रवेश गरेको अवसरमा आज बर्दियाको भुरिगाउँमा निःशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्त्री रोग विशेषज्ञ डा शाफिया समिम शेष, डा स्वयता साह, जनरल फिजिसियन डा शंकर केसी, मेडिकल अधिकृत संकल्प सिग्देललगायतको टिम शिविरमा खटिएको बैंककासांग्रीला डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख जयन्द्र खड्काले जानकारी दिनुभयो ।

वार्षिकउत्सवका अवसरमा साता व्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै उहाँले पर्सि ८ गते राजापुरमा पनि स्वास्थ्य शिविरको आयोजना गरिएको छ । यस्तै १० गते नेपालगन्जमा वृह्त रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

९ गते भने बाँके र बर्दियाका ६ विद्यालयका विद्यार्थीलाई वित्तिय साक्षरता सम्वन्धि कार्यक्रमको आयोजना गरिएको छ । योबीचमा बर्दिया, सुर्खेतमा बैंकका शाखा कार्यालयहरु उद्घाटनदेखि दाङको नारायणपुरमा निःशुल्क आँखा जाँच शिविरको समेत आयोजना गरिएका छन् ।

  • ६ कार्तिक २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech