नेपालगन्जः बाँकेमा आज थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१११ नमुना परीक्षण गर्दा थप ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ५२ नमुना परीक्षण गर्दा ५, मेडिकल कलेज कोहलपुरमा २६ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्यावमा ३३ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ ।
आज संक्रमण पुष्टि भएकामध्ये बाँकेका ६ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३६१ पुगेको छ । आज संक्रमण पुष्टि भएका मध्इे कोहलपुरका ३, नेपालगन्जका २ र बैजनाथका १ जना रहेका छन् ।
यस्तै आज थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९८१ पुगेको छ ।