जटिल बिरामीसँग डिल गर्दा नर्सले जान्नै पर्ने कुरा

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०७७, मंगलवार

लियनि क्लोर्स

नर्सिङ करिअरका क्रममा हामीले धेरै बिरामीसँग डिल गर्नुपर्ने हुन्छ। बिरामीका बारेमा जतिसुकै हामीले बुझे वा बुझ्ने प्रयत्न गरे पनि ड्युटीको क्रममा कतिपय बिरामीको कारण नर्सलाई असह्य हुन्छ। तर जस्ता सुकै चुनौती भए पनि हाम्रो व्याबसायिक धर्मलाई बिर्सनु हुन्न। हामी जहिले पनि एउटा सम्मानित र व्याबसायिक स्वास्थ्य कार्यकर्ताको रुपमा रहनुपर्छ। बिरामीलाई थर्काउन वा आक्रोश पोख्न हामीलाई कुनै पनि अनुमति छैन्। बिरामीसँग डिल गर्ने केही टिप्सः

राम्रो प्रभाव पार्ने
प्रशन्न हुनुहोस। आफूलाई परिचय दिनुहोस। हात मिलाउन हात लम्काउनुहोस। बिरामीका आँखामा ३ देखि ५ सेकेन्ड हेर्नुहोस। आँखा आँखाबिचको सम्पर्क निकै महत्वपूर्ण हुन्छ। किनकी यसले इमान्दारीता र खुलापनलाई व्यक्त गर्छ। तपाईले आफ्नो आवाज भन्दा पनि इशाराले बिरामीलाई डिल गर्नुहोस। जस्तो सुकै तनाबपूर्ण अवस्थामा पनि आफूलाई सम्हाल्नुहोस। तर विरामीसँग निकै निकट पनि नरहनुहोस। किनकी यस्तो व्याबहारले तपाईले अप्रत्यक्ष रुपमा हस्तक्षेप गरेको अर्थ लाग्न सक्छ।

व्यक्तिगत आवेग नियन्त्रण
तपाईको आवेगले आफ्नो कामलाई नियन्त्रण गर्ने होइन। आफ्नो आवेग बारेमा सचेत हुनुहोस। प्रतिकृया जनाइ नहाल्नुहोस। बरु सक्रीय र आफ्नो दायित्व बुझ्नुहोस। काम गर्दा गहिरो स्वाश लिनुहोस। बिरामीसँग बिस्तारै र शान्तपूर्वक बोल्नुहोस। आफ्नो आवज सक्दो सानो प्रयास गर्नुहोस। आफ्नो बडी ल्यङगयुजबारे सोच्नुहोस। जहिले पनि आशाबादी, शान्त र रचनात्मक हुनहोस।

रिसाहा बिरामीसँग सिमा
सिमामा रहनुहोस। आफूलाई मन नपर्ने बिरामीको स्वभावलाई स्पष्ट रुपमा व्याख्या गर्नुहोस र आदर माग गर्नुहोस। तपाई कसैको दासी होइन। बरु एउटा व्याबसायिक स्वास्थ्य कार्यकर्ता हो। कतिपय बिरामी यस्ता हुन्छन जसले अरुसँग गर्नुपर्ने सामान्य व्याबाहर र आदर देखाउन सक्दैनन्। उनीहरुबारे विशेष सचेत हुनुहोस।

ध्यान दिएर सञ्चार गर्नुहोस
मिस अन्डस्ट्यान्डिङले कहिलेकाही द्धन्द्ध र जटिलता ल्याउछ। सहानूभति तरिकाले बिरामीका कुरा सुन्नुहोस। बिरामीका एजेन्डा खोजी गर्नुहोस। बिरामीले भनेका कुरा राम्रोसँग सुनेर उनीहरुका भावना बुझ्ने कोशिश गर्नुहोस। तपाईले बिरामीलाई ‘तपाई हरेश खानुहुदैछ,’ वा ‘तपाईले यस्तो सोच्दै हुनुहुन्छ’ भन्नु हुदैन। सम्भावित समाधानको खोजी गर्नुहोस।

बिरामीको आवेगलाई नियन्त्रण गर्न सहयोग गर्नुहोस
बिरामीसँग अनाबश्यक र्तक नगर्नुहोस। अधिकांश बिरामीले आफ्नो कुरा सुनुन भन्ने चाहन्छन्। तर्सथ यस विषयमा पनि ख्याल गर्नुहोस। बिरामी र उसको रोग निको पार्न म अस्पताल आएको भन्ने कुरा मनन गर्न नर्बिसनुहोस।

कोठा छोड्नुहोस
यदि तपाई जटिल बिरामीहरुसँग व्याबहार गर्दै हुनुहुन्छ र आफ्नो सुरक्षा खतरा देख्नुहुन्छ भने सेबा गरिरहेको कोठा छोडिदिनुहोस। यस्तो अवस्थामा सहकर्मी, सुरक्षाकर्मी वा अस्पतालबाट सहयोग लिनुहोस। तर आफूले सुरक्षा पाए भन्दैमा बिरामीलाई नधम्क्याउनुहोस।

  • १६ बैशाख २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech