नेपालगन्जः सरकारले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा बद्रीबहादुर खड्कालाई नियुक्त गरेको छ।
खड्कालाई मन्त्रिपरिषदको निर्णय अनुसार सचिवमा नियुक्त गरिएको हो। स्वास्थ्य शिक्षा समूहका ११औं तहमा कार्यरत खड्का प्रदेशका वरिष्ठ कर्मचारी हुनुहुन्छ ।
सचिवमा नियुक्त हुनुअघि खड्का स्वास्थ्य कार्यालय काठमाडौंमा प्रमुखका रुपमा कार्यरत रहनुभएको थियो । खड्का स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको निर्देशक समेत भइसक्नुभएको छ ।