नेपालगन्ज: बाँकेमा आज थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १११ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा ७ जना र मेडिकल कलेज कोहलपुरमा १ जनामा संक्रमण पुष्टि भएको हो । बागेश्वरी ल्यावमा २० जनाको नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएन । आज संक्रमण पुष्टि भएकामध्ये बाँकेका ४ जना छन् ।
योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय ९३ पुगेको छ । थाज थप १५ जना डिस्चाार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ८७ पुगेको छ । यसैबिच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा देशभर ९५३ जना संक्रमित थपिएका छन् ।
यस्तै संक्रमणबाट निको भएर थप १ हजार ३७१ जना डिस्चार्ज भएका छन् ।