नेपालगन्ज: प्रदेश १ सरकारले ठूलो संख्यामा स्टाफ नर्सको माग गरेको छ ।
विराटनगरस्थित कोशी अस्पतालमा २५ जना स्टाफ नर्सलाई करार नियुक्तिका लागि दरखास्त आव्हान गरेको हो । कोरोना विरामीको उपचारका लागि २५ जना नर्स पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
इच्छुक नर्सहरुलाई सात दिन भित्र दरखास्त हाल्न सकिने बताईएको छ । सरकारी स्केलको तलव बाहेक ५० प्रतिशत जोखिम भत्ता पनि थपिने जारी सूचनामा उल्लेख छ।