नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द प्रहरी हिरासतमा

    • स्वास्थ्य पेज

  • ४ आश्विन २०७८, सोमबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख समेत रहनुभएका राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रीय उपाध्यक्ष रामबहादुर चन्द र सह कोषाध्यक्ष अञ्जु बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार दिउँसो एमाले निकट निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यालय काठमाडौंमा स्वास्थ्यको विषयमा छलफल भइरहेको थियो । छलफलमा चन्द र बस्नेत पनि सहभागी हुनुभएको थियो ।

सोही बेला नेकपा समाजवादी समर्थक कर्मचारी समूह कार्यालयमा पुग्यो । नेकपा एमाले समर्थक चन्द, बस्नेत सहितको टोलीबीच आपसी विवाद चर्केपछि प्रहरीले निजामती कर्मचारी संगठनका उपाध्यक्ष चन्द र सह कोषाध्यक्ष बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल बाँकेका सहसचिव राजन शाहीले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

प्रहरी हिरासतमा निजामती कर्मचारी संगठन केन्द्रिय सम्मेलन आयोजक कमिटिका संयोजक केदार देवकोटा र सह संयोजक लेखनाथ कोइराला एस समूहका मोहन घिमिरेलाई समेत प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

पक्राउ परेकाहरुको रिहाइको तयारी भइरहेको पनि सहसचिव शाहीले बताउनुभयो । विना कारण आफ्ना पदाधिकारीहरुलाई नियन्त्रणमा लिएको भन्दै राष्ट्रिय स्वास्थ्यकर्मी संघका सचिव हिमालय तिवारीले तत्काल रिहाइको माग गर्नुभएको छ । प्रहरीले एमाले समर्थकलाई अनामनगर र एस समर्थकलाई हनुमान ढोकामा राखेको बताइएको छ ।

  • ४ आश्विन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech