थप १०६६ जनालाई कोरोना, १२३४ जना निको भए

    • स्वास्थ्य पेज

  • २ आश्विन २०७८, शनिबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८ हजार ५४० नमुनाको पीसीआर परीक्षण गर्दा ८३५ जना र २ हजार ८१८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३१ जना गरि कुल १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ भने १ हजार २३४ जना निको भएका छन् । देशभर २५ हजार ८२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • २ आश्विन २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech