नेपालगन्जः बाँकेमा आज थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ८१ नमुना परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरीमा ३२ नमुना परीक्षण गर्दा ५ , मेडिकल कलेज कोहलपुरमा ३८ नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टिभएको छ । बागेश्वरी प्रयोगशालामा ११ नमुना परीक्षण गर्दा भने सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।
संक्रमण पुष्टि भएका मध्ये बाँकेका ४ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय २७ पुगेको छ । यस्तै आज थप ८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ३५ पुगेको छ ।