आजदेखि कोहलपुरका विद्यालय पनि खुले

    • स्वास्थ्य पेज

  • १ आश्विन २०७८, शुक्रबार

नेपालगन्जः बाँकेको कोहलपुर नगरपालिकामा आजदेखि विद्यालय संचालनमा आएका छन् । कोरोना संक्रमणको दोस्रो लहरसँगै बन्द भएका विद्यालय आजदेखि संचालनमा आएका हुन् । आजदेखि भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले जानकारी दिनुभयो ।

भौतिकरुपमै पठनपाठनको लागि विद्यालयले कोभिड–१९ जोखिमरहित वातावरण सिर्जना गर्ने र सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना पूर्णरुपले गर्नुपर्ने पौड्यालले बताउनुभयो । विद्यार्थीले घरबाट विद्यालय जाँदा अनिवार्य मास्क लगाउने, पैदल वा बसमा विद्यालय जाँदा स्यानीटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने छ ।

विद्यालयमा पुगिसकेपछि विद्यालयले भौतिक रुपमा बस्ने व्यवस्था गर्नुपर्ने, कक्षाकोठा, बेन्च डेस्क, रेलिङलगायतमा विद्यालयले सेनिटाइज गर्नुपर्नेछ ।

कोहलपुरमा गुठीसहित ३१ वटा सामुदायिक, मन्टेश्वरीसहित ५८ वटा संस्थागत विद्यालय छन् । भाइरस संक्रमण घट्दै गएपछि यसअघि अन्य सबै पालिकाले विद्यालय संचालन गरिसकेका छन् ।

  • १ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech