खजुरा क्यान्सर अस्पतालमा भोलि निःशूल्क मुटु रोग र पाठेघरको क्यान्सर पहिचान शिविर

    • स्वास्थ्य पेज

  • १ आश्विन २०७८, शुक्रबार

नेपालगन्जः बाँकेको खजुरा गाउँपालिका स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा भोली शनिबार एकदिने निः शूल्क मुटुरोग तथा पाठेघरको मुखको क्यान्सरको पहिचान शिविर हुने भएको छ ।

मुटुको भिडियो एक्सरे इको मेशिनको शुभारम्भको उपलक्ष्यमा शिविरको आयोजना गरिएको अस्पतालका निर्देशक डा कृष्ण आचार्यले जानकारी दिनुभयो  शिबिरमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंका वरिष्ठ मुटुरोग विशेषज्ञ कार्तिकेश कुमार ठाकुरबाट मुटु रोग सेवा प्रदान गरिने उहाँको भनाइ छ ।

यस्तै महिलाहरुको पाठेघरको क्यान्सरको परीक्षण शिबिरमा प्रसुति गृह काठमाडौंमा कार्यरत वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर अनमिका झाको उपस्थितिमा पाठेघरको क्यान्सरको पहिचान गरिने छ ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरका प्रोफेसर डा निता सिंह र डा राजश्री झाले समेत सेवा दिनुहुने निर्देशक डा आचार्यले बताउनुभयो ।

क्यान्सर अस्पतालले मुटु रोग सेवालाई निरन्तरता दिने तयारी गरेको छ । त्यसका लागि फिजिसियन डा क्रिष्टीन श्रेष्ठले गंगालाल ह्दयरोग केन्द्रबाट तालिम गरेर आइसक्नुभएको छ ।

  • १ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech