नेपालगन्जः गण्डकी प्रदेशमा सेतो पुतलीका कारण आँखामा समस्या देखिएर अस्पताल पुग्ने बिरामी बढेका छन् ।
सिजनल हाइपर एक्युट पनु भिआइटिस तथा सापु भनिने यो समस्या गण्डकी प्रदेशमा भदौ दोस्रो सातादेखि देखिन थालेको हो ।
सेतो पुतलीको झुस आँखामा परेका कारण चार जनाको आँखाको ज्योति समेत गुमेको छ । १५ दिनको अवधिमा पोखरास्थित हिमालय आँखा अस्पतालमा मात्र ३० जना यस्ता विरामी आएको अस्पतालले जनाएको छ ।
विशेषगरी मनसुन अन्तिमतिर देखापर्ने यो पुतलीको शरीरमा कालो धर्सो हुन्छ ।
उक्त सेतो पुतलीको झुस आँखामा परे आँसु सुकाइदिने चिकित्सकले जनाएका छन् । सुरुमा दुखाई नहुने आँखा रातोमात्रै हुने र विस्तारै पिप जम्दै गएपछि दृष्टि हराउने गर्दछ ।
२०३२ सालमा पहिलो पटक पोखरा क्षेत्रमै देखापरेको यो रोगबाट बालबालिका बढी प्रभावित हुने गरेका छन् ।