नेपालगन्जः बाँकेमा आज थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लाका तीनवटा प्रयोगशालामा ६७ नमुना परीक्षण गर्दा थप २ जनामा संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २१ नमुना परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएको हो । ती खजुरा र कोहलपुरका हुन् । मेडिकल कलेज कोहलपुरमा २६ र बागेश्वरी प्रयोगशालामा २० नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आयो ।
योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।
यस्तै आज थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय १ पुगेको छ ।