नेपालगन्ज: देशभर शनिबार ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
९ हजार ८४० नमुना परीक्षण गर्दा ९९४ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ६ हजार १३७ नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७७७ जना र ३ हजार ७०३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २१७ जनामा संक्रमण देखिएको हो ।
यसैबिच गएको २४ घण्टामा संक्रमणबाट निको भएर थप १ हजार ३६८ जना डिस्चार्ज भएका छन् । संक्रमणकै कारण थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर २७ हजार ३५५ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।