नेपालगन्ज: नेपालगन्जको उदयपुर स्वास्थ्य चौकी र भवानीयापुर स्वास्थ्य चौकीमा आज निः शूल्क आँखा जाँच शिविर गरिएको छ ।
फत्तेवाल आँखा अस्पतालको आयोजनामा उदयपुर स्वास्थ्य चौकी र भवानीयापुर स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा २ सय ८० जनाले सेवा लिएका छन् ।
उदयपुर स्वास्थ्य चौकीमा १४८ जनाको आँखा परीक्षण गरी निः शूल्क औषधि उपलब्ध गराइएको छ भने ५५ जनाको निः शूल्क मोतिबिन्दुको शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।
यसैगरी भवानीयापुर स्वास्थ्य चौकीमा १३२ जनाको आँखा परीक्षण गरी निःशूल्क औषधि उपलब्ध गराइएको र ३० जनाको मोतिबिन्दुको निःशूल्क शल्यक्रियाको लागि फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।
अर्को निःशूल्क आँखा शिविर यही २५ गते स्वास्थ्य चौकी जयसपुर र स्वास्थ्य चौकी पिप्रहवामा हुने भएको छ ।