नेपालगन्ज, खजुरा, राप्तीसोनारी र डुडुवामा ८ जना संक्रमित

    • स्वास्थ्य पेज

  • २३ भाद्र २०७८, बुधबार

नेपालगन्जः बाँकेमा आज थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ७८ नमुना परीक्षण गर्दा थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा १०, कोहलपुर मेडिकल कलेजमा १ र बागेश्वरी प्रयोगशालामा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँकेका ८ जना छन् ।

नेपालगन्जका २, राप्तीसोनारीका २, खजुराका ३ र डुडुवा गाउँपालिकाका १ जना हुन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १८ हजार ६९ पुगेको छ ।

यस्तै आज थप १७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ७२ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले ९८ रहेको छ ।

यस्तै सिकिस्त बिरामीको संख्या १४ रहेको छ भने ४ जना भेन्टिलेटरमा छन् । १५ जना बिरामी भने मध्यम खाले भएको बताइएको छ ।

  • २३ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech