बाँकेमा आज थप २१ जनामा कोरोना पुष्टि, ४ जना बालबालिका

    • स्वास्थ्य पेज

  • २१ भाद्र २०७८, सोमबार

नेपालगन्जः बाँकेमा आज थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १५७ नमुना परीक्षण गर्दा थप २१ जनामा संक्रमण पुष्टि भएको हो । र, ती मध्ये ४ जना बालबालिका छन् ।

भेरीमा १९, कोहलपुर मेडिकल कलेजमा र बागेश्वरी प्रयोगशालामा ११ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँकेका १-१ जना छन् ।

ती मध्ये कोहलपुर नगरपालिकाका ८र नेपालगन्ज उपमहानगरपालिकाका ३ जना छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १८ हजार ५९ पुगेको छ ।

यस्तै आज थप ५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ५१ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १०७ रहेको छ ।

यस्तै सिकिस्त बिरामीको संख्या १६ रहेको छ भने ४ जना भेन्टिलेटरमा छन् । २९ जना बिरामी भने मध्यम खाले भएको बताइएको छ ।

 

  • २१ भाद्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech