कोरोनाबाट भेरीमा थप एकजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २१ भाद्र २०७८, सोमबार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट बाँकेमा आज थप एकजनाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका ६ रुकुम पश्चिमकी ७६ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि भदौं १४ गते उनलाई भेरीमा भर्ना गरिएको थियो । त्यसैदिन उनलाई कोभिड पुष्टि भएको थियो । उनको उपचारकै क्रममा आज विहान साढे ९ बजे मृत्यु भएको हो ।

योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ४०१ जनाको मृत्यु भएको छ ।

  • २१ भाद्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech