बासगढीमा निःशूल्क आँखा जाँच शिविर, ५१ जनामा मोतिबिन्दु

    • स्वास्थ्य पेज

  • २० भाद्र २०७८, आईतवार

नेपालगन्जः बर्दियाको बासगढी नगरपालिका-५ स्थित मोतिपुर स्वास्थ्य चौकीमा आज निशुल्क आँखा जाँच शिविर गरिएको छ । चौधरी फाउण्डेसन र फत्तेवाल आँखा अस्पताल बाँकेको सहकार्य र बाँसगढी नगरपालिकाको समन्वयमा आयोजना गरिएको शिविरमा ३२२ जनाले आँखा चेकजाँच गराएका थिए ।

त्यसक्रममा ५१ जना मोतिबिन्दुका बिरामी फेला परेको मोतिपुर स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत बल बहादुर चौधरीले जानकारी दिनुभयो । मोतिबिन्दु देखिएका बिरामीको फत्तेवाल आँखा अस्पतालमा शल्यक्रिया गरिने छ ।

आँखा शिविरको बासगढीका मेयर शालिकराम अधिकारीले उद्घाटन गर्दै घरदैलोमा नै आँखा जाँच शिविर आयोजना गरिएकाले स्थानीयले लाभ उठाएको बताउनुभयो ।

कार्यक्रममा बाँसगढी नगरपालिकाका कार्यकारी प्रमुख पुरुषोतम देवकोटा, स्वास्थ्य शाखा प्रमुख गीता, घिमिरे, इलाका प्रहरी प्रमुख वीरेन्द्र सिंह थापा, चौधरी ग्रुपका प्रदेश प्रशासक देवराज ढुङ्गाना, चौधरी ग्रुप फुड इण्डष्ट्रिज बर्दियाका प्रशासन प्रमुख लिला श्रेष्ठलगायतको सहभागीता रहेको थियो ।

  • २० भाद्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech