सिरहाः भारतबाट नेपाल ल्याइएको ठूलो परिमाणको औषधि सिरहामा प्रहरीले बरामद गरेको छ । ७५ लाख ५६ हजार ८ सय मूल्य बराबरको औषधी प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय लहानको टोलीले शनिबार बिहान एउटा अटोबाट औषधी बरामद गरेको हो।
आज बिहान सवा २ बजे लहान नगरपालिका(१९ कटहा चोकबाट लु१स ८००७ नम्बरको अटो चेकजाँच गर्दा ठूलो परिमाणमा औषधी फेला परेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
बरामद भएको तीन खालको औषधी रहेको लहानका प्रहरी नायब उपरीक्षक तपन दाहालले बताउनुभयो ।
रिकल-केटु-सेभेन नामको औषधी ३५ लाख ९३ हजार ९२०, ओइथोकल ट्याबलेट २९ लाख ७२ हजार १६० र केयरकल ट्याब्लेट ९ लाख ९० हजार ७२० रूपैयाँ बराबरको बरामद भएको दाहालले जानकारी दिनुभयो ।
कागजात नभएकाले भन्सार छलेर ल्याइएको भन्ने बुझिन आएको दाहालले बताउनुभयो । आफू गस्तीमा निस्केका बखत अटो आइरहेको र प्रहरीलाई देख्नासाथ अटोमा रहेका व्यक्तिहरू फरार भएको दाहालले बताउनुभयो ।
फरार व्यक्तिहरूको खोजी भइरहेको पनि दाहालको भनाइ छ ।