प्रदेश अस्पतालको सेवा अव विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म

    • स्वास्थ्य पेज

  • १७ भाद्र २०७८, बिहीबार

नेपालगन्जः कर्णाली प्रदेश अस्पतालले सेवालाई प्रभावकारी बनाउन दैनिक विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा प्रवाह शुरु गरेको छ । विरामीहरुको बढ्दो भीडलाई मध्यनजर गर्दै अस्पतालले प्रभावकारी सेवाका लागि समय तय गरेको हो ।

‘यसअघि १० बजेबाट अस्पतालका ओपीडीतर्फका सेवा शुरु गरिएको थियो’– अस्पतालका प्रवक्ता डा विकास केसीले भन्नुभयो–‘दुई हप्तादेखि सार्वजनिक विदाको दिन बाहेक अन्य समयमा दैनिक विहान ९ बजेबाट साँझ ४ बजेसम्म सेवा दिन शुरु गरेका छौं ।’

समयावधि थपसँगै सेवाग्राहीहरुलाई छिटो र प्रभावकारी सेवा प्रदान गर्न अस्पताल परिवार गम्भीर रहेको डा केसीले बताउनुभयो। उनकाअनुसार ९ बजेबाट शुरुभएका सेवाहरुमा सर्जरी, डेण्टल, अर्थो, बालरोग, हाडजोर्नी, जनरल, सर्जरी लगायतका छन् । साँघुरो ठाउँबाट सेवा प्रवाह गर्दै आएको अस्पताल नयाँ भवनमा सरेसँगै सेवाग्राहीहरुलाई सेवा दिन सहज भएको अस्पतालले जनाएको छ ।

सरकारी अस्पतालहरुमा ९ बजेखि सेवा शुरु लागु गर्ने पहिलो प्रदेश अस्पताल भएको दावी गरिएको छ । अस्पतालले दुइ महिनादेखी बन्द रहेको सिटी स्क्यान सेवा पनि शुरू गरेको प्रवक्ता केसीले जानकारी दिनुभयो । सिटी स्क्यान विग्रिएपछि तत्काल मर्मतका लागि सामान चीनबाट ल्याउनु पर्ने भएपछि मर्मतमा ढिलाइ भएको उहाँले बताउनुभयो ।

 

  • १७ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech