दाङः राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेसु डा विनोद सिंहलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । अन्य चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
डा सिंहलाई युवाहरुको एक समूहले शुक्रबार दिउँसो कार्यकक्षमै मोसो दलेको थियो । यस घटनाको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मी आइतबारदेखि इमर्जेन्सीबाहेकका सेवा बन्द गरी आन्दोलनमा उत्रिएका छन् । अहिले जिल्लाभर नियमित स्वास्थ्य सेवा बन्द छ ।
पक्राउ परेकाविरुद्ध स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी अध्यादेश २०७८ बमोजिम मुद्दा दर्ता गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
मोसो तयार गर्ने र दल्ने कार्यमा संलग्न मुख्य अभियुक्त पक्राउ परिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताउनुभयो । अन्य व्यक्तिहरुको पहिचान गर्ने र खोज्ने काम जारी रहेको उनले बताउनुभयो ।