कोभिड महामारीमा सहयोग गर्ने दाताहरुलाई भेरी अस्पतालको सम्मान

    • स्वास्थ्य पेज

  • १२ भाद्र २०७८, शनिबार

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जले कोभिड महामारीमा अस्पताललाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको छ ।

अस्पतालले कोभिड महामारीमा स्वास्थ्य सामाग्री , नगद लगायत सहयोग गर्ने दाताहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । कोभिड महामारीमा अस्पताललाई स्थानीय सरकार, गैरसरकारी संघसंस्था, व्यापारी, उद्योगीलगायतले उपकरणदेखि स्वास्थ्य सामाग्री र नगदैसम्म सहयोग गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्लाका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी, अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, निमित्त मेसु डा.प्रकाश थापा लगायतको उपस्थिति रहेको थियो ।

  • १२ भाद्र २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech