नेपालगन्जः बाँकेमा आज थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ७८ नमुना परिक्षण गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
मेडिकल कलेज कोहलपुरमा ७ जना र बागेश्वरी प्रयोगशालामा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
आज संक्रमण पुष्टि भएका मध्य बाँकेका ८ जना छन् । तीमध्ये नेपालगन्ज र कोहलपुरका ४–४ जना छन्। योसँगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ९ सय ३२ पुगेको छ ।
आज ११ जना डिस्चार्ज भएका छ्न । यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ८५ पुगेको छ ।
जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १२७ रहेको छ । सिकिस्त बिरामी १४ जना छन भने मध्यम बिरामी ३३ जना रहेका छन् । ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।