नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पताल नेपालगन्जमा थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया र कैलालीका महिला हुन् । मधुवन नगरपालिका–४ बर्दियाकी ७० वर्षीया महिलाको गएराती साढे एक बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गएको २ गते बर्दियामा पीसीआर परीक्षण जाँच गर्दा ती महिलालाई कोभिड पुष्टि भएको थियो । उनलाई ४ गते भेरीमा भर्ना गरिएको थियो । त्यस्तै भजनी नगरपालिका–६ कैलालीकी ५२ वर्षीया महिलाको ७ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरिएको पीसीआर परीक्षणमा कोभिड पुष्टि भएको थियो ।
उनलाई त्यसैदिन भेरीमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा रहेकी उनको गएराती ८ बजेतिर मृत्यु भएको हो । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ९५ जनाको मृत्यु भएको छ ।