कोभिड संक्रमित थपिने भन्दा निको हुने धेरै

    • स्वास्थ्य पेज

  • ५ भाद्र २०७८, शनिबार

नेपालगन्जः शनिबार देशभर थप २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  ७ हजार ७०३ नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार ४२४ जना र ५ हजार ३७२ नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६५१ जना गरि कुल २०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार ७२२ पुगेको छ । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण थप ३० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ४८५ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै गएको २४ घण्टामा देशभर थप २ हजार ३८२ जना संक्रमणबाट निको भएका छन् । योसँगै हालसम्म नेपालमा कोरोना भाइरस संक्रम्ण मुक्त हुनेहरुको कुल संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ ।

हालसम्म ३८ लाख २१ हजार २४८ नमुनाको पिसिआर र ४ लाख २९ हजार ४८२ नमुनाको एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

  • ५ भाद्र २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech