बाँकेमा आज थप ६० जनामा कोभिड पुष्टि, सक्रिय संक्रमितको संख्या १७४ पुग्यो

    • स्वास्थ्य पेज

  • ३ भाद्र २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा आज थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा २ सय ५९ नमुना परिक्षण गर्दा ६० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ५२, मेडिकल कलेज कोहलपुरमा ५ र बागेश्वरी प्रयोगशालामा ३ जना गरि थप ६० जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

आज संक्रमण पुष्टि भएका मध्य बाँकेका ३१ जना छन् । यस्तै बर्दियाका १४, दाङका ३ जना र अन्य जिल्लाका १२ जनामा संक्रमण पुष्टि भएको छ । ६० जनामध्ये १८ वर्ष मुनिका ५ जना रहेका छ्न ।

आज संक्रमण पुष्टि भएका सँगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ६७ पुगेको छ । आज १५ जना डिस्चार्ज भएका छ्न । यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ११ पुगेको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १७४ रहेको ओलीले बताउनुभयो । सिकिस्त बिरामीको संख्या २२ छ भने मध्यम बिरामी ३१ जना छ्न । ५ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

  • ३ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech