काँग्रेस नेता गिरीको अवस्था गम्भीर

    • स्वास्थ्य पेज

  • ३ भाद्र २०७८, बिहीबार

काठमाडौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीको स्वास्थ्यमा समस्या देखिएको छ।

केहीदिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उहाँ उपचारका लागि भारतको मुम्बई पुग्नुभएको थियो ।

अहिले मुम्बईस्थित हिन्दुजा अस्पतालमा गिरिको उपचार जारी छ। उहाँलाई डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सक टिमले उपचार गरेको छ। गिरिको घाँटीमा समस्या देखिएको छ।

यसैबीच मुम्बईमा उपचाररत गिरिलाई भेट्न कांग्रेस उपसभापति विमलेन्द्र निधि आज त्यसतर्फ जाँदै हुनुहुन्छ । जनकपुरमा रहेका निधि आज मुम्बई जान लाग्नुभएको हो ।

शुक्रबार बिहान निधिले गिरिलाई भेट्ने कार्यक्रम छ ।

  • ३ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech