दुई चिकित्सकसहित बाँकेमा थप १५ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २६ श्रावण २०७७, सोमबार

नेपालगन्ज २६, साउन ।
बाँकेमा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जबाट संकलन गरिएको स्वावको परीक्षण गर्दा दुईजना चिकित्सकमा भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित महिला चिकित्सक हुन् ।

नेपालगन्ज उपमहानगरपालिका ६ का २५ बर्षीया र वडा नं. १३ की ३४ बर्षीया चिकित्सकमा भाइरस पुष्टि भएको हो । यसअघि मेडिकल कलेजमा कार्यरत महिला चिकित्सकलाई नै भाइरस पुष्टि भएको थियो । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका १५ जनामा भाइरस संक्रमण पुष्टि हुने क्रममा चिकित्सक पनि परेका हुन् ।

यस्तै वडा प्रहरी कार्यालयका थप तीनजना प्रहरीमा पनि भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको लिष्टमा बाँकेको डुडुवा गाउँपालिकाका तीनजना संक्रमित थपिएका छन् । भेरीमा गरीएको परीक्षणमा कैलालीका दुई, दाङ, बर्दिया र सल्यानमा एक–एकजना गरी सोमवार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यो आइतवार साँझदेखि मध्यान्ह १२ बजेसम्म तीन सय ४० जनामा गरीएको परीक्षणको नतिजा हो ।

  • २६ श्रावण २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech