भेरीमा कोभिड संक्रमित ३४ वर्षीया महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • २ भाद्र २०७८, बुधबार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा आज थप एकजनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–२ कैलालीकी ३४ वर्षीया महिलाको उपचारका क्रममा विहान सवा ११ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

साउन २४ गते कोहलपुर मेडिकल कलेजमा उनको कोभिड पुष्टि भएको थियो । त्यसको भोलिपल्ट उनी भेरीको आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् । स्वास्थ्यमा सुधार नआउँदा उनको मृत्यु भएको हो ।

योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ८८ जनाको मृत्यु भएको छ ।

  • २ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech