काठमाडौंः नेपाल प्रहरीले पछिल्ला चार महिनामा सर्वसाधारणका लागि आठ लाखभन्दा बढी मास्क वितरण गरेको छ।
मास्कको प्रयोग नहुँदा कोभिड-१९ सङ्क्रमण फैलिरहेको जनस्वास्थ्य विज्ञबाट भनाइ सार्वजनिक भएपछि प्रहरीले गएको वैशाख ६ गतेबाट मास्क वितरण अभियान मुलुकभर नै चलाएको थियो।
त्यसपछिको पछिल्लो चार महिनामा आठ लाख ५६ हजार ४७३ जनालाई मास्क निःशुल्करुपमा वितरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
दोस्रो लहरको कोरोनापछि केही समय अभियान प्रभावकारी नभए पनि अहिले सङ्क्रमणमा बढोत्तरी भएसँगै प्रहरीले पुनः मास्क वितरण थालेको छ। ‘तपार्ईंको मास्क खोइ’ अभियानमार्फत् प्रहरीले आज पनि २१ हजार ६५६ लाई मास्क वितरण गरेको छ।