नेपालगन्जः चिकित्सा शिक्षा आयोगको एकीकृत परीक्षाको म्याचिङ प्रणालीसम्बन्धी कार्यविधि २०७८ सार्वजनिक गरेको छ।
चिकित्सा शिक्षाको क्षेत्रमा स्वदेश तथा विदेशबाट प्राप्त हुने छात्रवृत्ति र स्वदेशका शिक्षण संस्थामा निः शुल्क वा सशुल्क अध्ययनका लागि निर्धारित सिटमा विद्यार्थी भर्नाका लागि एकीकृत प्रवेश परीक्षाको योग्यताक्रमका आधारमा ‘म्याचिङ’ प्रणालीद्वारा विद्यार्थी छनोट कार्यलाई व्यवस्थित, विश्वसनीय र पारदर्शी बनाउन कार्यविधि बनाइएको आयोगले उल्लेख गरेको छ।
चिकित्सा शिक्षा आयोगको कार्यकारी समितिले यो कार्यविधि बनाएको हो।