नेपालगन्जः बाँकेमा कोभिड– १९ को सम्भावित तेस्रो लहरको रोकथाम र प्रभावकारी उपचारको पूर्वतयारीका लागि स्वास्थ्य सरोकारवालाले सहकार्यको प्रतिवद्धता व्यक्त गरेका छन् ।
संवाद समूह बाँकेद्धारा आज नेपालगञ्जमा आयोजित कोभीड १९ को सम्भावित जोखिम, तयारी र प्रभावकारी उपचार सेवा बारे स्वास्थ्य सरोकारवालासँग गरिएको अन्तरक्रियात्मक सम्वाद सहजीकरणमा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।
चिकित्सक, अस्पताल पदाधिकारी, स्वास्थ्यकर्मी, सुरक्षा अधिकारी, जनप्रतिनिधी र नागरिक समाजका अगुवा सहभागी कार्यक्रममा कोरोना संक्रमण साझा सरोकारको विषय भएकाले सामुहिक सहकार्यका साथ पूर्वतयारी थाल्नु पर्नेमा जोड दिइएको थियो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रद्धारा यस अघि गठीत विशेषज्ञसहितको समितीले सम्भावित जोखीम र गरिनु पर्ने तयारी बारे सुझाव सहितको प्रतिवेदन बाँकेका प्रमुख जिल्ला अधिकारी एवं केन्द्रका संयोजक शिवराम गेलाललाई बुझाएको थियो ।
कार्यक्रममा सहभागी अधिकांस स्वास्थ्य विज्ञहरुले स्वास्थ्य सचेतना, दक्ष जनशक्ति, पुर्वाधार, उपकरणसहितको व्यवस्थापन तथा प्रभावकारी उपचारलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले विगतबाट पाठ सीक्दै कोरोना जोखीमको सामना गर्न पूर्ण तयारी अवस्थामा रहेको जाकारी दिनु भयो । स्वास्थ्य संस्था, स्थानीय तह लगायतसँगको समन्वय र सहकार्यमा आवश्यक रणनीतीसहित कार्य गरिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थामा मगरले नियमित सम्वाद र समन्वयले नै सामुहिक पहलको बातावरण सिर्जना हुने भन्दै त्यसका लागि प्रतिवद्ध र जिम्मेवार हुन आहवान गर्नु भयो ।
भेरी अष्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश थापाले सम्भावित जोखीमको सामना गर्न जनशक्ती, श्रोत साधान सहितको तयारी अवस्थामा रहेको जानकारी दिनु भयो । नेपालगञ्ज मेडिकल कलेजका निर्देशक डा सुरेश कनोडियाले महामारीमा नीजी स्वास्थ्य संस्थाले पनि सामाजिक उत्तरदायीत्व निर्वाह गरेको बताउनु भयो ।
नेपाल चिकीत्सक संघ भेरीका अध्यक्ष डा विनोद कर्णले स्वास्थ्य सचेतनामा जोड दिदै स्वाथ्यकर्मीलाई सहज रुपमा काम गर्ने बतावरण बनाउनु पर्ने आवश्यक्ता औल्याउनु भयो ।
नेपालगञ्ज मेडिकल कलेजकी बाल रोग विशेषज्ञ डा रोमा बोराले कोरोनाको तेस्रो लहर कुन स्वरुपमा आउँछ भन्ने एकिन नभएको भन्दै गर्भवती महिलालाई पनि खोपको व्यवस्थापन गर्नु पर्नेमा जोड दिनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले संक्रमीतको संख्या घटदै गइरहेपनि तयारी पूर्ण रुपमा हुन आवश्कीय भएको बताउनु भयो । श्रेष्ठका अनुसार अहिले भेरी अस्पतालमा कोभिडका ५२ जना उपचाररत छन् ।
नेपाल बार एशोसीयशनका वरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठले सम्भावित जोखीममा सचेततासँगै सवै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनु भयो । सम्वाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले सहजीकरण गर्नु भएको कार्यक्रममा जिल्ला शिक्षा विकास समन्वय इकाई प्रमुख राम सुरेश यादव, भेरी अस्पताल विकास समितका सदस्य एवं नागरिक अगुवा कृष्ण प्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणीज्य संघका महासचिव चिरञ्जीवी वली, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द, बालमनोवीद सुदिप भट्राई लगायतले आआफनो सुझाव राख्नु भएको थियो ।
कार्यक्रमको उद्येश्य र महत्वमाथि समूहका सदस्य एवं अधिवक्ता प्रहलाद बहादुर कार्कीले प्रकाश पार्नु भएको थियो ।