डोटीः विषालु सर्पको टोकाइबाट डोटी पूर्वीचौँकी गाउँपालिका–६ मा एक बालकको ज्यान गएको छ । विषालु सर्पको टोकाइबाट पाँच वर्षीय बालक हेमराज भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।
आइतवार बेलुकी आँगनमा खेलिरहेको समयमा उनलाई विषालु सर्पले टोकेको थियो । बालकलाई जिल्ला अस्पताल डोटीमा ल्याइए पनि उपचारका क्रममा आइतवार राति नै ज्यान गएको प्रहरीले जनाएको छ ।
डोटीमा गर्मीबढैसँगै सर्पदंशका बिरामीहरु बढ्दै गएको जिल्ला अस्पतालले जनाएको छ ।