काठमाडौंः सत्तारुढ गठबन्धन निकट पाँच विद्यार्थी संगठनले चिकित्सा शिक्षा आयोगले मेडिकल र पारामेडिकल अध्ययनका लागि लिएको प्रवेश परीक्षा पुनः दिने व्यवस्था गर्न माग गरेका छन् ।
बिहीबार काठमाडौंको बागबजारस्थित अखिल क्रान्तिकारीको कार्यालयमा बसेको नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, नेकपा एमालेको माधव नेपाल समूह निकट अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंको संयुक्त बैठकले चिकित्सा शिक्षा अध्ययनका लागि लिइएको प्रवेश परीक्षाबाट निर्धारित कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएकाले तत्काल पुनः प्रवेश परीक्षा लिने व्यवस्था गर्न माग गर्ने निर्णय गरेको हो ।
क्षमताभन्दा थोरै विद्यार्थी उत्तीर्ण हुँदा विद्यार्थीले देशभित्र अध्ययनको अवसर नपाई विदेश जाने परिस्थिति उत्पन्न हुने र त्यसबाट अनावश्यक झन्झट तथा नेपाली मुद्रा विदेशिने अवस्था सिर्जना हुने विद्यार्थी संगठनको ठहर छ ।
पाँच विद्यार्थी संगठनको विज्ञप्ति