बाँकेमा सक्रिय संक्रमितको संख्या १३४ पुग्यो, आज ९ जना थपिए

    • स्वास्थ्य पेज

  • २८ श्रावण २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा आज थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ७२ नमुना परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ४४ नमुना परीक्षण गर्दा ७ जना र बागेश्वरी प्रयोगशालामा २८ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका ३ जना छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १७ हजार ७ सय ५२ पुगेको छ । आज थप १५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ३० पुगेको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या १३४ रहेको छ । ५९ महिला र ७५ पुरुषगरी जिल्लामा सक्रिय संक्रमितको संख्या १३४ रहेको वलीले बताउनुभयो । यस्तै सिकिस्त बिरामीको संख्या २० पुगेको छ । मध्यम बिरामी २३ हुँदा भेन्टिलेटरमा ५ जनाको उपचार चलिरहेको छ ।

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech