कोहलपुरका ६ वटा स्वास्थ्य संस्थाको क्षमता पहिचान, सुधार गर्नुपर्ने धेरै

स्वास्थ्य संस्थामा पानी, सरसफाइ, स्वच्छता र व्यवस्थापनका मुख्य ४ क्षेत्रका ६४ वटा सूचकका आधारमा क्षमता लेखाजोखा गरिएको छ ।


    • स्वास्थ्य पेज

  • २८ श्रावण २०७८, बिहीबार

नेपालगन्जः कोहलपुर नगरपालिकाका ६ वटा स्वास्थ्य संस्थाहरुको क्षमता पहिचान अर्थात लेखाजोखा गरिएको छ ।

विश्व स्वास्थ्य संगठन र यूनिसेफले तयार गरेको वास फिट टुल प्रयोग गरेर आधारभूत स्वास्थ्य सेवा केन्द्र कोहलपुर–१ कौशिलानगर, रझेना स्वास्थ्य चौकी कोहलपुर–४ मदनचोक, आधारभूत स्वास्थ्य सेवा केन्द्र कोहलपुर–५ शान्तिनगर, आधारभूत स्वास्थ्य सेवा केन्द्र कोहलपुर–१३ रानिघाट र समशेरगन्ज स्वास्थ्य चौकी कोहलपुर–१५ शमशेरगन्जको लेखाजोखा गरिएको हो ।

कोहलपुर नगरपालिकाको समन्वय, वास एस डि जिको साझेदारीमा गेरुवा ग्रामीण जागरण संघद्वारा संचालित वास इन हेल्थ परियोजनामार्फत स्वास्थ्य संस्थामा पानी, सरसफाइ, स्वच्छता र व्यवस्थापनका मुख्य ४ क्षेत्रका ६४ वटा सूचकका आधारमा क्षमता लेखाजोखा गरिएको छ ।

स्वास्थ्य संस्थाहरुको अवस्था निकै नाजुक रहेको प्रारम्भिक तहको जानकारी आएको र लोखाजोखाले सुधारको पाटोलाई बल पु¥याएको गेरुवाका कार्यकारी निर्देशक हरि सुवेदीले जानकारी दिनुभएको छ ।

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech