ओली सरकारको पालामा ९७ लाख मात्र खोप आएको होः स्वास्थ्य राज्यमन्त्री

    • स्वास्थ्य पेज

  • २८ श्रावण २०७८, बिहीबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ओली सरकारको पालामा ९७ लाख खोप प्राप्त भएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले असार मसान्तसम्म ९७ लाख खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिनुभयो ।

नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुर्‍याएको उनले जानकारी दिनुभयो ।

हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेको उहाँको भनाइ छ । उहाँले असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको पनि बताउनुभयो ।

सरकारले उमेर समूहसँगै आर्थिक गतिविधि हुने क्षेत्र र संक्रमण धेरै भएका १५-१६ वटा जिल्लालाई प्राथमिकतामा राखेर खोप अभियान चलाउने उहाँको भनाइ छ ।

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech