नेपालगन्जः विश्व स्वास्थ्य सङ्गठनले दुई हजारभन्दा बढी अक्सिजन कन्सेनट्रेरहरु र अत्यावश्यक मेडिकल सामग्रीहरू नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रदान गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले १८ लाख अमेरिकी डलर बराबरको अत्यावश्यक औषधी र सामग्रीहरू मंगलवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डब्लुएचओको नेपालस्थित कार्यालयका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।
विश्व स्वास्थ्य सङ्गठनले महामारीको सुरुवातदेखि नै कोभिड१९ को प्रतिकार्य गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहयोग गर्दै आइरहेको छ ।
डब्लुएचओले २ लाख ५० हजार एम्पल्स डेक्सामेथाजोन, दुई हजार अक्सिजन कन्सनट्रेटर, २४ सय वटा भेन्चुरी मास्क, करिब पाँच लाख अक्सिजन नसल क्यानुला, छ लाख मास्क र पाँच लाख सर्जिकल ग्लब्ससहितका सामग्रीहरु प्रदान गरेको जनाएको छ।