काठमाडौंः काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ५ गतेसम्म लम्ब्याइएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञा भदौ ८ सम्म थप गर्ने निर्णय गरेको हो।
निषेध आदेशअनुसार स्थानीय ढुवानी बिहान ९ बजेसम्म ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछैन। यस्तै, अत्यावश्यकबाहेकका अन्य निजी एवं सार्वजनिक सवारीसाधनहरु राती ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्नेछ ।
यस्तै, शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने आदेशलाई कायमै राखिएको छ भने कुनै पनि प्रकारका सभासम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबारलगायतका मानिसको भीडभाड हुने कार्यक्रम सञ्चालन गर्न पाइनेछैन। पुजारीबाट हुने नित्यपुजाबाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाइनेछैन।