नेपालगन्जः भारतमा पछिल्लो २४ घण्टामा ३९ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ३९ हजार ७० संक्रमित थपिएका हुन्। योसँगै भारतमा कोरोना संक्रमितको कूल संख्या ३ करोड १९ लाख ३४ हजार ४ सय ५५ पुगेको छ।
यस्तै, उक्त अवधिमा ४ सय ९१ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ४ लाख २७ हजार ८ सय ६२ पुगेको छ। २४ घण्टामा ४३ हजार ९ सय १० जना संक्रमणमुक्त भएका छन् भने हालस भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ६ हजार ८ सय २२ पुगेको छ।
भारतमा हालसम्म ५० करोड ६८ लाख १० हजार ४ सय ९२ जनाले खोप प्राप्त गरेका छन् भने २४ घण्टामा ५५ लाख ९१ हजार ६ सय ४७ जनालाई लगाइएको छ।