बाँकेमा कोरोनाका गम्भीर बिरामी बढे, ७ जना पुगे भेन्टिलेटरमा

    • स्वास्थ्य पेज

  • २३ श्रावण २०७८, शनिबार

नेपालगन्ज: बाँकेमा आज थप २१ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ ।
जिल्लाका तीनवटा प्रयोगशालामा १३९ नमूना परिक्षण गर्दा बाँकेका ११ सहित थप २१ जनामा भाइरस संक्रमण पुस्टि भएको हो ।

भेरीको प्रयोगशालामा ११, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ६ र बागेश्वरीको प्रयोगशालामा ४ जनामा भाइरस संक्रमण पुस्टि भएको छ ।

यो संगै जिल्लामा भाइरस संक्रमितको संख्या १७ हजार ७ सय १७ पुगेको छ । आज थप ७ जना डिस्चार्ज भएका छन । यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ७९ पुगेको छ ।
बाँकेमा १७ जना सिकिस्त बिरामी छ्न भने मध्यम बिरामीको संख्या २३ पुगेको छ । ७ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।

पछिल्ला केहिदिन देखि बाँकेमा गम्भीर बिरामीको संख्या बढदै गएको छ ।

  • २३ श्रावण २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech