भेरीमा थप एकजना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २१ श्रावण २०७८, बिहीबार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–५ बर्दियाका ७० वर्षीय पुरुषको उपचारका क्रममा गएराती मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

उनलाई साउन ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको दुई दिनपछि उनी भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए । उनको उपचारकै क्रममा गएराती मृत्यु भएको हो ।

योसँगै उपचारका लागि बाँकेका आएका बाहिरी जिल्लाका ३ सय ८१ जनाको मृत्यु भइसकेको छ ।

  • २१ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech